४ मंसिर २०८१, मंगलवार | Tue Nov 19 2024

सर्वोच्चको अादेश लगत्तै पुनः पक्राउ परेका विप्लव नेकपाका दुर्इ नेतालार्इ नुवाकोट लगियो

१९ भदाै, काठमाडाैँ । सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण रिटमा रिहा गर्न आदेश दिएका नेत्रविक्रम चन्द विप्लवका दुई पोलिटब्यूरो सदस्यलाई प्रहरीले सर्वोच्चको गेटबाटै पक्राउ गरेर नुवाकोट लगेको छ ।

उनीहरुलाई पक्राउ गरिएपछि दर्ता गरिएको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्चले प्रकाण्डसहितका नेतालाई सोमबार रिहा गर्न आदेश दिएको थियो ।

तर सर्वोच्चको आदेश पुगेर हिरासतबाट रिहा भएलगत्तै पोलिटब्यूरो सदस्यहरु मोहन कार्की र कृष्ण धमलालाई प्रहरीले पक्राउ गरेर नुवाकोट लगेको हो । उनीहरु दुवैलाई सोमबार सर्वोच्चका न्यायाधीशहरु डम्बरबहादुर शाही र शारदाप्रसाद घिमिरेको इजलासले रिहा गर्न आदेश दिएको थियो ।

प्रकाशित मिति : १८ भाद्र २०७५, सोमबार २०:०५