टुकुचा किनारका टहरा हटाउन महानगरकाे ३५ दिने सूचना, घरधनीले नहटाए आफैं हटाउने चेतावनी
१२ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले टुकुचा खोला किनार क्षेत्रका नक्सा स्वीकृत नभई बनाइएका घर/टहरा हटाउन सूचना जारी गरेको छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर १ स्थित सिटी एक्सप्रेस मनी ट्रान्सफर रहेको भवन (काठमाडौं प्लाजाको उत्तर तर्फ)देखि जय नेपाल हलसम्म टुकुचाखोलाको किनार क्षेत्रको अतिक्रमित संरचना हटान महानगरले सूचना जारी गरेको हो । घरधनी आफैंले नहटाएमा महानगरले ती संरचना आफैं हटाउने चेतावनी दिएको छ ।
काठमाडौं महानगरपालिका शहरी व्यवस्थापन विभाग (साविक भवन निर्माण इजाजत विभाग)बाट जारी गरिएको स्वीकृत नक्सा विपरीत भवन निर्माण मापदण्ड विपरीत र नक्सा नै नलिई घर/टहरा निर्माण गरेको देखिएको हुँदा त्यस्तो प्रकृतिका भवनहरु यो सूचना जारी भएको ३५ दिनभित्र हटाउनन अनुरोध गरिएको छ ।
प्रकाशित मिति : July 28, 2022 at 7:03 pm









