२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

काठमाडाैँका मेयर बालेनलाई लोकमानलाई जस्तै लखेट्ने कांग्रेस नेता ढुंगानाको घोषणा (भिडियो)

१२ साउन, काठमाडाैँ । नेपाली कांग्रेसका नेता श्रीराम ढुंगाना नेतृत्वको संघर्ष समितिको नाममा भदाै १ गतेदेखि काठमाडाैँ उपत्यकाको फोहोर व्यवस्थापनमा अबरोध गर्ने घोषणा गरेको छ । बिहीबार काठमाडाैँमा पत्रकार सम्मेलन गर्दै ढुंगाना समूहले यस्तो घोषणा गरेको हो । उनीहरूले फोहोर व्यवस्थापनका बारेमा उठाएका माग सम्बेधन नभए भदाै १ बाट अनिश्चितकालका लागि फोहोर  व्यवस्थापनमा अबरोध हुने बताए ।

उनले पत्रकार सम्मेलनमा काठमाडाैँ महानगरपालिकाका मेयर बालेन साहलाई लोकमानसिंह कार्कीलाई जस्तै गरेर देशबाटै लखेट्ने बताए । पत्रकार सम्मेलनमा निकै अाक्रोशित मुद्दामा देखिएका ढुंगानाले जनताको रगत चुसेर बालेनले गर्न खोजेको के भन्दै दर्जनाैँ प्रश्न गरे ।

उनीहरूले ठेक्का र जागिर समेत अरूले नै खाएको र कही नपाएको बताए । आफूहरूले फोहोर व्यवस्थापनको ठेक्का पाए ६ महिनामा सबै मिलाएर व्यवस्थापन गर्ने बताए । उनीहरूले डेढ दशकदेखि केही सीमित व्यक्तिलेमात्र स्रोतमा पहुँच बनाएर लुटेको बताए ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार १३:०९