गरिमा विकास बैंक र युनियन लाइफ इन्स्योरेन्सबीच बैंकान्स्योरेन्स सम्झौता
१८ भदाै, काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकान्स्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ । गरिमा विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले हस्ताक्षर गरे ।
सम्झौता पश्चात गरिमा विकास बैंकका ग्राहकहरूले विकास बैंकका सम्पूर्ण शाखा कार्यालयबाट युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रदान गर्ने जीवन बिमासम्बन्धी सेवा प्राप्त गर्न सक्नेछन् ।
प्रकाशित मिति : १८ भाद्र २०७५, सोमबार १८:२७