२२ बैशाख २०८१, शनिबार | Sun May 5 2024

दिपेशको गोलमा नेपाललाई अग्रता


८ साउन, काठमाडौं । यु-२० साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल र माल्दिभ्सबीच प्रतिस्पर्धा भइरहेको छ । भारतको भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा पहिलो हाफको खेल सकिदा नेपालले १-० को अग्रता बनाएको हो ।

४२औं मिनेटमा दिपेश गुरुङले गरेको गोलबाट नेपालले अग्रता लिएको थियो । आयुष घलानले हानेको डाइरेक्ट फ्री किकलाई माल्दिभ्सका गोलकिपर शाइहान अलीले पन्च गरेर बचाएका थिए । तर, रिबाउन्डमा प्राप्त बललाई अभिषेकले करिब २५ यार्डबाट हानेको बल गोलमा परिणत भएको थियो । नेपाल प्रतियोगितामा सुखद् सुरुवात गर्ने दाउमा छ । नेपाल माल्दिभ्सलाई पराजित गर्दै उपाधी दाबेदारी प्रस्तुत गर्ने लक्ष्यमा छ ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार १७:२३