८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

सुन्‍दरीजल खाेलामा खसेर बेपत्ता भएका किशोरकाे शव भेटियाे

८ साउन, काठमाडाैं । काठमाडौंको सुन्दरीजल खोलामा खसेर बेपत्ता भएका किशोरकाे शव भेटिएकाे छ । खोलामा खसेर बेपत्ता भएका किशोरको शव फेला परेको प्रहरीले जनाएकाे छ ।

काठमाडौंको कपनका १६ वर्षीय शुभम श्री प्रधानको शव आइतबार दिउँसो फेला परेको हो। उनी आफ्ना साथीहरूसँग शनिबार सुन्दरीजलमा घुम्न पुगेका थिए। उनीसहित सात जना त्यहाँ घुम्‍न गएका थिए। उनले अपरान्ह सवा ४ बजेतिर ढुंगामा बसेर फोटो खिचाउन खोजेका थिए। त्यसक्रममा उनी चिप्लिएर खोलामा खसेका थिए। प्रहरीका अनुसार खसेको ठाउँतिरै ढुंगाहरू बीचमा च्यापिएको अवस्थामा उनकाे शव फेला परेको हो ।

प्रकाशित मिति : July 24, 2022 at 3:22 pm