११ जेष्ठ २०८१, शुक्रबार | Fri May 24 2024

अछामका स्थानीय तहमा ३६ करोड ६४ लाख वेरुजु


६ साउन, अछाम । अछामका स्थानीय तहमा ३६ करोड ६४ लाख वेरुजु देखिएको छ । महालेखा परीक्षकको ५९ औं प्रतिवेदनमा आर्थिक वर्ष २०७७/०७८ को वेरुजु ३६ करोड ६४ लाख १० हजार देखिएको हो । आर्थिक वर्ष २०७६/०७७ भन्दा ८ करोड ८६ लाख ४५ हजार वेरुजु घटेको छ ।

अघिल्लो आर्थिक वर्षमा अछामका स्थानीय तहको वेरुजु ४५ करोड ५० लाख वेरुजु रहेको थियो । अछामका केही स्थानीय तहले अघिल्लो आर्थिक वर्ष भन्दा गत आर्थिक वर्षमा वेरुजु घटेको छभने केही स्थानीय तहको वेरुजु बढेको छ ।

जिल्लाका १० पालिका मध्येमा सबैभन्दा बढी वेरुजु रामारोशन गाउँपालिका र सबैभन्दा कम वान्नीगढी जयगढ गाउँपालिका रहको छ । रामारोशन गाउँपालिकाको वेरुजु रकम ६ करोड ६२ लाख ८३ हजार छ । रामारोशन गाउँपालिको आर्थिक वर्ष २०७६/०७७ मा २ करोड ५२ लाख वेरुजु रहेकोमा गत आर्थिक वर्षमा वढेर ६ करोड ६२ लाख ८३ हजार पुगेको छ । जिल्लामा सवैभन्दा कम वेरुजु भएको वान्नीगढी जयगढ गाउँपालिकाको अघिल्लो आर्थिक वर्ष भन्दा गत आर्थिक वर्षमा ९ लाख ९ हजार वेरुजु वढेको छ ।

यस्तै साँफेबगर नगरपालिकाको वेरुजु ५ करोड ६२ लाख ३६ हजार रहेको छ । अघिल्लो आर्थिक वर्ष भन्दा गत आर्थिक वर्षमा साँफेबगर नगरपालिकाको वेरुजु २५ लाख ६२ हजारले बढेको छ । पन्चदेवल नगरपालिकाको वेरुजु ४ करोड ९७ लाख १० हजार रहेको छ । पन्चदेवल विनायक नगरपालिकाले अघिल्लो आर्थिक वर्ष भन्दा गत आर्थिक वर्षमा १२ करोड २३ हजार वेरुजु घटाएको छ । अघिल्लो आर्थिक वर्षमा पन्चदेवल नगरपालिकाको वेरुजु १७ करोड रहेको थियो ।

ढकारी गाउँपालिकाको वेरुजु ०७७/०७८ ४ करोड ५२ लाख ९८ हजार रहेको छ । अघिल्लो आर्थिक वर्षभन्दा ढकारीको वेरुजु ३३ लाख ५७ हजारले वढेको छ । तुर्माखाँदको गाउँपालिकाको वेरुजु ३ करोड ५४ लाख ८३ हजार रहेको छ । अघिल्लो आर्थिक वर्षभन्दा तुर्माखाँदले वेरुजु १ करोड २३ लाख ३६ हजारले वढेको छ ।

मंगलसैन नगरपालिकाको वेरुजु भने अघिल्लो आर्थिक वर्ष भन्दा घटेको छ । मंगलसैन नगरपालिकाको गत आर्थिक वर्ष २०७७÷०७८ मा ३ करोड २६ लाख ४७ हजार वेरुजु रहेको छ । अघिल्लो आर्थिक वर्ष भन्दा ४ लाख ७१ हजारले घटाएको छ । चौरपाटी गाउँपालिकाले अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा ५० प्रतिशत वेरुजु घटाएको छ ।

गत आर्थिक वर्ष २०७७/०७८ मा चौरपाटीको वेरुजु २ करोड २२ लाख १६ हजार रहेको छ । अघिल्लो आर्थिक वर्षभन्दा २ करोड ६० लाख वेरुजु घटाएको छ । मेल्लेख गाउँपालिकाको भने अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा वेरुजु बढाएको छ । गत आर्थिक वर्ष २०७७/०७८ मा मेल्लेखको वेरुजु २ करोड ६५ लाख ८७ हजार रहेको छ । अघिल्लो आर्थिक वर्ष भन्दा गत आर्थिक वर्षमा ३४ लाख ५१ हजार वेरुजु बढेको छ । कमलवजार नगरपालिकाको वेरुजु २ करोड ३१ लख १४ हजार रहेको छ । अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा कमलवजारले ३५ लाख ८ हजार वेरुजु घटाएको छ । अछामका १० पालिकामध्ये पन्चदेवल विनायक नगरपालिका, चौरपाटी र कमलवारले वेरुजु घटाएका छन भने अन्य पालिकाको वेरुजु वढेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार १८:१८