५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

राष्ट्रपति भण्डारीले गाडी राेकेर जब बालबालिकासँग हात मिलाइन..


६ साउन, नुवाकाेट । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार नुवाकाेट भ्रमणको क्रममा गाडी राेकेर केही बालबालिकासँग हात मिलाएर कुराकानी गरेकी छिन । उत्तरगया धाम पुगेर फर्किनेक्रममा विदुर १० काे वडा कार्यालय मुनीकाे सडकमा राष्ट्रपतिले बालबालिकासँग हात मिलाउँदै कुरा गरेकी हुन । साे क्रममा बालबालिकाले फुलले स्वागत गरेका थिए ।  उनी शुक्रबार नै काठमाडौं फर्किने कार्यक्रम रहेकाे छ ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार १५:०५