यस्ताे छ आजकाे फलफूल तथा तरकारी मूल्य
६ साउन, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि रातो आलु ५५ रुपैयाँ ५० पैसा, भारतीय रातो आलु ३७ रुपैयाँ, मुडेको आलु ५१ रुपैयाँ, सेतो आलु ४९ रुपैयाँ ३३ पैसा मूल्य ताेकेकाे छ ।
समितिका अनुसार हरियो अंगुरको औसत मूल्य प्रतिकेजी २९० रुपैयाँ, अदुवा ५६ रुपैयाँ ६७ पैसा, अनार ३९० रुपैयाँ, दसहरी र मालदह आँप १९० रुपैयाँ,एभोकाडो ५२५ रुपैयाँ, इमली १४६ रुपैयाँ ६७ पैसा, स्थानीय काउली ९० रुपैयाँ, लोकल काक्रो ६६ रुपैयाँ र हाइब्रीड काँक्रो ४६ रुपैयाँ ६७ पैसा मूल्य ताेकिएकाे छ ।
यसैगरी कागतीको औसत मूल्य प्रतिकेजी १७५ रुपैयाँ, कागती १७५ रुपैयाँ, किवि ५७५ रुपैयाँ, कुरीलो ३०० रुपैयाँ, अकबरे खुर्सानी ३०० रुपैयाँ, तराई गाजर ८६ रुपैयाँ ६७ पैसा, लोकल गाजर ११६ रुपैयाँ ६७ पैसा, गुन्द्रुक २७५ रुपैयाँ, टनेल गोलभेडा ३५ रुपैयाँ ८० पैसा, लोकल सानो गोलभेडा २८ रुपैयाँ ३३ पैसा, घिरौला ३० रुपैयाँ, चिचिण्डो २८ रुपैयाँ ३३ पैसा, चुकुन्दर ७६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १७५ रुपैयाँ, डल्ले च्याउ ३७५ रुपैयाँ, जिरीको साग ८६ रुपैयाँ ६७ पैसा, झिगुनी ३५ रुपैयाँ तोकिएको छ ।
त्यस्तै, हरियो तरबुजा ६० रुपैयाँ, छडी माछा २४० रुपैयाँ, बचुवा माछा २६० रुपैयाँ, रहु माछा ३२० रुपैयाँ, तामा र तोफु ११६ रुपैयाँ ६७ पैसा, तोरीको साग ५५ रुपैयाँ, न्यूरो ९५ रुपैयाँ, परवर ५८ रुपैयाँ ३३ पैसा, सुकेको प्याज ३७ रुपैयाँ ५० पैसा, तने बोडी ४५ रुपैयाँ, ब्रोकाउली २४० रुपैयाँ, मकै बोडी ९० रुपैयाँ, रायोको साग ६० रुपैयाँ, रुख कटहर ३५ रुपैयाँ, सुकेको चाइनिज लसुन १६५ रुपैयाँ, सुकेको नेपाली लसुन ११७ रुपैयाँ ३३ पैसा, लौका ५६ रुपैयाँ ६७ पैसा, सेलरी २७५ रुपैयाँ, स्कूस ५६ रुपैयाँ ६७ पैसा, ज्यापु काउली ११६ रुपैयाँ ६७ पैसा, फूजी स्याउ १९० रुपैयाँ, हरियो धनिया ११२ रुपैयाँ र हरियो डल्लो फर्सी प्रतिकेजी ४६ रुपैयाँ ६७ पैसा रहेको छ ।
प्रकाशित मिति : July 22, 2022 at 12:33 pm









