८ जेष्ठ २०८३, शुक्रबार | Sat May 23 2026

वीरगन्जमा चट्याङ लागेर एक जनाको मृत्यु

६ साउन, पर्सा । वीरगन्ज महानगरपालिका–२८ बगही बस्ने ३५ वर्षीय दिनानाथ ठाकुरको चट्याङ लागेर बिहीबार साँझ मृत्यु भएको छ । खेतमा काम गर्न गएको अवस्थामा चट्याङ लाग्दा उनी गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि नारायणी बयोधा अस्पताल वीरगन्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : July 22, 2022 at 12:31 pm