११ जेष्ठ २०८१, शुक्रबार | Sat May 25 2024

सफल शल्यक्रियापछि रेफ्री रोजेन्द्र अस्पतालबाट डिस्चार्ज


६ असार, काठमाडौं । एसिएल र एमसिएलको शल्यक्रिया सम्पन्न गरेर रेफ्री रोजेन्द्र खड्गी अस्पतालबाट डिस्चार्ज भएका छन् । ग्वार्काेस्थित बि एण्ड बी अस्पतालमा ३ साउनमा एसिएल र एसिएलको शल्यक्रिया गरेका रेफ्री खड्गी शुक्रबार बिहान अस्पतालबाट घर पुगेका हुन् । ‘अहिले अवस्था ठिक छ ।आज अस्पतालबाट डिस्चार्ज भएको छु,’ खड्गीले न्युज कारखानासँग भने ।

गत वर्ष सहिद स्मारक ए डिभिजन लिग अघि अभ्यासमा खड्गीले चोट बोकेका थिए । जसका कारण उनले २०७८ को लिगका कुनै पनि खेल खेलाउन पाएनन् । पाँच दिन अस्पतालमा बिताएका खड्गीले शल्यक्रियामा धेरै रकम खर्च भएको र अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफूलाई सहयोग गर्नेमा विश्वास रहेको बताए ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार ११:४१