५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

पहिरोका कारण टोखा–छहरे सडकखण्ड अवरुद्ध


६ साउन, काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका ६ गुर्जेभञ्ज्याङमा आज बिहान पहिरो खसेको छ । बिहान सवा ३ बजे खसेको पहिरोका कारण टोखा–छहरे सडकखण्ड अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा काठमाण्डौ–नुवाकोट जाने आउने सवारी साधन प्रभावित भएका छन् । अवरुद्ध सडकखण्ड खुलाउने पहल भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार १०:३७