८ जेष्ठ २०८३, शुक्रबार | Sat May 23 2026

पहिरोका कारण टोखा–छहरे सडकखण्ड अवरुद्ध

६ साउन, काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका ६ गुर्जेभञ्ज्याङमा आज बिहान पहिरो खसेको छ । बिहान सवा ३ बजे खसेको पहिरोका कारण टोखा–छहरे सडकखण्ड अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा काठमाण्डौ–नुवाकोट जाने आउने सवारी साधन प्रभावित भएका छन् । अवरुद्ध सडकखण्ड खुलाउने पहल भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : July 22, 2022 at 10:37 am