१९ आश्विन २०८१, शनिबार | Sun Oct 6 2024

डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध

४ साउन, लमजुङ । लगातारको वर्षाका कारण डुम्रे–बेँसीसहर सडकखण्डअन्तर्गत उदिपुर सडकखण्ड अवरुद्ध भएको छ । मङलबारदेखिको निरन्तर बर्षाका कारण मंगलबार रातीदेखी उक्त सडकखण्ड अवरुद्ध भएको हो । बेँसीसहर नगरपालिका–१ उदिपुरको देउरालीडाँडामा गएको पहिरोका कारण सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख कृष्ण बहादुर कार्कीका अनुसार उदिपुर सडकको वैकल्पिक रुपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने भागमा माथिबाट लेदो आएर सडक अवरुद्ध बनेको हो ।

गत वर्ष र असार पहिलो साताको पहिरोले डुम्रे बेँसीसहरको देउराली डाँडाको सडक नै बगाएपछि उक्त स्थानबाट वैकल्पिक सडकको रुपमा सञ्चालन हुँदै आएपनि यस खण्ड समेत पटक पटक पहिरोले अवरुद्ध हुँदै आएको छ । सडकखण्ड अबरुद्ध हुँदा बेँसीसहरबाट गएका सवारीसाधन बेँसीसहरतर्फ र डुम्रेबाट आएका डुम्रेतर्फ नै रोकिएका छन्।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार ११:०४