२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

इन्टर मियामीको पोस्टमा बार्सिलोनाको आधा दर्जन गोल


४ साउन, काठमाडाैँ । प्री- सिजन टुर अन्तर्गत अमेरिका भ्रमणमा रहेको क्याटलान क्लब बार्सिलोनाले इन्टर मियामी सीएफको पोस्टमा आधा दर्जन गोल गरेको छ ।

बुधबार बिहान सम्पन्न खेलमा ला लिगा महारथी क्लब बार्सिलोनाले दुबै हाफमा समान तीन गोल गर्यो । आक्रमणमा मजबुद प्रदर्शन गरेको जाभिको टिमले पुरै समय मियामीलाई दबाबमा राखेको थियो ।

बार्सिलोनाको जितमा पीएरे इम्रीक औबामेयाङ, डेब्यु गरेका राफिन्हा, अन्सु फाती, गाबी , मेम्फिस डिपाए र औसमान डेम्बेलेले एक एक गोल गरे । अब बार्सिलोनाले अमेरिका भ्रमणमा सहरी प्रतिद्वन्दी रियल मड्रीड र युभेन्ट्ससंग प्रतिस्पर्धा गर्ने तालीका रहेको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार ०९:१६