२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

१९औं खेलकुदको नयाँ मिति घोषणा


३ साउन, काठमाडौं । १९औं एसियाली खेलकुद हाङझोउको नयाँ मिति सार्वजनिक गरिएको छ । ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)ले कोभिड १९ महामारीका कारण स्थगित गरिएको प्रतियोगिता अर्को वर्ष सेप्टेम्बरमा सुरु गर्ने घोषणा गरेको हो । अब १९औं एसियाली खेलकुद हाङझोउमा अर्को वर्ष २३ सेप्टेम्बर देखि ८ अक्टोबरसम्म हुनेछ ।

यसअघि यही सन२०२२ को १० सेप्टेम्बरदेखि २५ सम्म प्रतियोगिता हुने भनिएको थियो । प्रतियोगिता आयोजनाका लागि बनेको विशेष टास्क फोर्सले चिनीया ओलम्पिक कमिटी, हाङझोउ एसियाली खेलकुद आयोजक कमिटी, चिनीया सरकार र अन्य सरोकारवालाहरुसँगको छलफलपछि मिति तय गरेको ओसिएले जनाएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलवार १९:३३