२२ बैशाख २०८१, शनिबार | Sun May 5 2024

रुपन्देहीमा बढ्दै कोभिड संक्रमण, मारमा स्वास्थ्यकर्मी र विद्यार्थी


३ साउन, भैरहवा । रुपन्देहीमा शून्य अवस्थामा झरेको काेराेना संक्रमण पछिल्लो समय निरन्तर बढी रहेको छ । असारको तेस्रो साताबाट यहाँ संक्रमण दर निरन्तर बढीरहेकाे छ । जिल्लामा हाल २४ जना सक्रिय संक्रमित छन् । सोमबार भैरहवास्थित पक्लिहवा कृषि क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूमा कोभिडको लक्षण देखिएपछि गरिएको एन्टिजेन परिक्षणमा ११ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, सिद्धार्थनगर नगरपालिकाको स्वास्थ्य शाखा निमित्त प्रमुख गीता पोखरेललाई पनि संक्रमण भएको छ, उनको परिवारमा चेकजाँच गर्दा थप तीन जनामा संक्रमण पुष्टि भएको छ । बेलहियास्थित हेल्थ डेस्कमा गरिएको परीक्षणमा पनि नाै जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीका कोभिड फोकल पर्सन तथा भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए । सीमामा देखिएका संक्रमित सबै भारतीय नै हुन् । सक्रिय संक्रमितहरू तिलोत्तमा, सिद्धार्थनगर र बुटवलका रहे पनि सबै होम आइसाेलेसनमा छन् ।

शाहका अनुसार रुपन्देहीमा हाल सम्म २ लाख १३ हजार ७ सय ६२ जनामा गरिएको परीक्षणबाट ३८ हजार ३ सय ५१ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये नाै सय ५४ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक शाहले जानकारी दिए ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलवार १३:२६