२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

अष्ट्रेलियन महिला फुटबलर केर पहिलो पटक इए स्पोर्ट्समा


३ साउन, काठमाडौं । अष्ट्रेलियन तथा इंग्लिस क्लब चेल्सीका स्ट्राइकर साम केर फिफा इलोक्ट्रेनिक्स आर्टस (इए स्पोर्ट्स ) गेम्समा “कभर” हुने पहिलो महिला खेलाडी भएकी छिन् ।अष्ट्रेलियन महिला खेलाडी केर र फ्रान्स तथा पेरिस सेन्ड जर्मेन (पिएसजी) का केलियन एम्बाप्ले फिफा २०२३ को कभरमा देखिएका छन् ।

केरले सन् २०२१-२२ महिला सुपर लिगमा सर्वाधिक गोलकर्ता हुँदै गोल्डेन बुट जितेकी थिइन् । उनले प्रतियोगितामा २० गोल गरिन् । उनकाे सहयोगमा चेल्सी महिला सुपर लिग र एफए कपको उपाधि जित्न सफल भयो । केरले सन् २०२१-२२ को “पीफए प्लेयर्स” प्लेयर्स अफ द इयर र महिला राइटर्स एसोसिएसन (एफडब्लुए) अवार्ड जितेकी छिन् ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलवार ११:१६