२३ बैशाख २०८१, आईतवार | Sun May 5 2024

हिमालयन वारियर क्रिकेट क्लबको अध्यक्षमा सुमन भेताल, अनिश केसीलाई उत्कृष्ट खेलाडी सम्मान


२ साउन, एडिलेड । नेपाली मुलका खेलाडीहरुको बाहुल्यता रहेको हिमालयन वारियर क्रिकेट क्लव एडिलेडको अध्यक्षमा सुमन भेताल नियुक्त भएका छन् । एडिलेडमा आयोजित गत सिजनका खेलाडी तथा सहयोगीहरुको सम्मान तथा पुरस्कार वितरण कार्यक्रम संगै क्लवको नयाँ नेतृत्वको पदस्थापन गरिएको थियो ।

सिजन २०२१/२२ को अन्त्यमा आयोजित कार्यक्रममा अनिश केसीलाई बर्षको उत्कृष्ट खेलाडीको रुपमा सम्मान गरिएको थियो । उत्कृष्ट ब्याट्सम्यान मनिष काफ्ले, उत्कृष्ट बलर अनिश केसी, सर्वोत्कृष्ट अलराउन्डर शरण रसाइली उत्कृष्ट फिल्डर शिव भट्टारी, उदीयमान खेलाडी उमेश बडु उत्कृष्ट समर्थक रिचर्ड त्रिपोडी, उत्कृष्ट प्रदर्शन अमित ज्ञवाली स्पिरिट अफ द गेम अवार्ड उज्व कटवाल र अभिषेक प्रसाद जोशीलाइ प्रदान गरिएको थियो भने क्लवको सूचना तथा प्रसार सम्वन्धी काम गरे वापत नविन चापईलाई सम्मान गरिएको थियो । सोहि अवसरमा क्लवका सौजन्यकर्ता तथा सहयोगीहरुलाइ समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा क्लवका निवर्तमान अध्यक्ष अनिल पाण्डेले नयाँ कार्यसमितिको घोषणा गर्दै परिचय गराएका थिए । जसमा अध्यक्ष सुमन भेताल, उपाध्यक्ष शिव भट्टराई, महासचिव रेशम अधिकारी, कोषाध्यक्ष भुवन ढकाल, जनसम्पर्क अधिकृत पुस्कर पौड्याल, टिम प्रबन्धक नवीन चपाइ तथा कार्यकारी सदस्यहरुमा मनिष काफ्ले, अनिल पाण्डे, मिलन रसाइली, सुदिप सिलवाल, अमित ज्ञवाली, उज्जवल कटवाल रहेका छन् । भने टिम कप्तान शरण रसाइली र उपकप्तान अनिश केसी रहेका छन् ।

कार्यक्रमलाई सम्वोधन गर्दै साउथ अष्ट्रेलियाका एक मात्र नेपाली कानुन व्यवसायी तथा क्लबका मुख्य सौजन्यकर्ता इक्युटेवल ल का मोती नरालले आगामी बर्षबाट बर्षका उत्कृष्ट खेलाडीको सम्मान आफ्नो बुबा गोपाल नरालको नाममा गोपाल नराल उत्कृष्ट खेलाडी ट्रफी राख्ने घोषणा गर्दै सो पुरस्कारको सौजन्य गर्ने घोषणा गरेका थिए । उनले क्लवले गत बर्षमा गरेका कामको प्रशंसा गर्दै आगामी वर्षमा अझ अगाडि बढ्न शुभकामना दिएका थिए । भने अर्का सौजन्यकर्ता तथा एनआरएनए अष्ट्रेलियाका सदस्य आशिष वरालले सम्मान तथा पुरस्कार प्राप्त गर्ने खेलाडीहरुलाइ बधाई तथा नया कार्यसमितिलाई शुभकामना दिएका थिए ।

हिमालयन वारियर क्रिकेट क्लबका खेलाडीहरू ।

निवर्तमान अध्यक्ष अनिल पाण्डेले स्वागत मन्तव्य दिदै एक वर्षको अवधिमा क्लबले गरेको कामको चर्चा गर्दै सहयोगीहरुलाई धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रमको समापनमा नव नियुक्त अध्यक्ष सुमन भेटालले क्लबले आगामी वर्ष क्रिकेट खेल तथा प्रशिक्षणलाई अगाडि बढाउनुका साथै मासिक रुपमा भेटघाट तथा वार्विक्यु , रक्तदान कार्यक्रम, नेपालका क्लबहरुलाई गर्दै सहयोगलाई निरन्तरता दिने मुख्य कार्ययोजना रहेको बताए । उनले आगामी दिनमा हुने क्रिकेट प्रतियोगिताहरुमा क्लब प्रदर्शन अझ राम्रो बनाउन प्रयत्नशिल रहने र त्यसमा सबै सहयोगी संस्था व्यक्तिहरुको सहयोगको थप अपेक्षा गरेको बताए ।

नव नियुक्त अध्यक्ष सुमन भेताल ।
समाजसेवी गोपाल नरालबाट बर्षको उत्कृष्ट खेलाडी सम्मान ग्रहण गर्दै अनिश केसी ।
कार्यक्रमलाइ सम्बोधन गर्दै कानुन व्यवसायी मोती नराल ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार १६:०८