८ जेष्ठ २०८३, शुक्रबार | Sat May 23 2026

गभर्नर अधिकारीको बर्खास्ती माग गर्दै बालुवाटारमा प्रदर्शन

१ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गर्न माग गर्दै बालुवाटारमा प्रदर्शन भएको छ । कांग्रेस निकट नेपाल विद्यार्थी संघ र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले संयुक्त रूपमा बालुवाटारमा विरोध प्रदर्शन गरेका हुन् । जारी प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दै प्रदर्शनकारीलाई पक्राउ गरेको छ । धरपक्कडका क्रममा केही प्रदर्शनकारी घाइतेसमेत भएका छन् ।

गभर्नर अधिकारी एमालेको अर्थ तथा योजना विभागका सदस्य रहेको दाबी गर्दै अधिकारीलाई बर्खास्त गर्न केही दिनदेखि काठमाडौंमा प्रदर्शन भइरहेकाे छ। राजनीतिक संलग्नता नभएको स्वतन्त्र व्यक्ति मात्र गभर्नर हुनसक्ने प्रावधान रहेको तर अधिकारी एमालेको अर्थ विभागमा रहेको भन्दै काठमाडौंमा नियमित प्रदर्शन भइरहेका हुन् ।

एमालेले भने एम अधिकारी भन्ने ब्यक्ति गभर्नर अधिकारी नभएको भन्दै विज्ञप्ति नै जारी गरिसकेको छ । उसले गभर्नर अधिकारीलाई एम अधिकारी भन्ने ब्यक्ति ‘तपाई नभएको’ ब्यहोराको पत्र पनि पठाइसकेको छ ।

प्रकाशित मिति : July 17, 2022 at 12:05 pm