२२ बैशाख २०८१, शनिबार | Sun May 5 2024

एडिलेडमा टेवल टेनिस प्रतियोगिता हुदै


१ साउन, एडिलेड । नेप्लिज इन एडिलेडको आयोजनामा एडिलेडमा अगष्ट १३ मा टेवल टेनिस प्रतियोगिता हुने भएको छ । नेप्लिज इन एडिलेडका अध्यक्ष मनोरथ पौडेलले प्रतियोगितामा सहभागी हुन चाहनेले आगामी अगष्ट ८ सम्ममा आफ्नो नाम दर्ता गर्नु पर्ने बताए । स्थानिय फ्रेस चुलो रेष्टुरेन्टको हलमा हुने प्रतियोगितामा पुरुष तथा महिला गरि दुई समुहमा खेल खेलाइने भएको छ । अध्यक्ष पौडेलले विजयीलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको र केहि दिन भित्रै त्यसको जानकारी सार्वजनिक गर्ने बताए ।

उनले एडिलेडमा फुटवल क्रिकेट जस्ता खेलहरु विभिन्न संस्था क्लवहरुले गर्दै आएको र नेपालमा समेत लोकप्रिय खेल टेबल टेनिस खेलको प्रतियोगिता गत बर्षबाट आफ्नो संस्थाले गर्न शुरु गरेको बताए । मानिसलाई स्वस्थ रहन खेलकुद जरुरी भएको र अझ त्यसलाई प्रतियोगिताको रुप दिदा खेल्ने व्यक्तिहरुमा उत्साह लगाब हुने भएकाले पनि प्रतियोगिता आयोजना गरिएको बताए ।

एडिलेडमा विभिन्न सामाजिक गतिविधि गर्दै आएको नेप्लिज इन एडिलेडले स्थापना देखि कोरोना महामारी अगाडि सम्म पहिलो पटक साउथ अष्ट्रेलिया आएका र एरपोर्टमा लिन आउने कोहि आफन्त साथीभाई नहुनेलाइ एयरपोर्टबाट गन्तव्य सम्म पुर्याउने गर्दै आएको थियो । भने कोरोना महामारीमा समस्यामा परेका नव आगन्तुक केहि विद्यार्थीहरुलाई खाद्यान्न समेत सहयोग गरेको थियो ।

प्रकाशित मिति : १ श्रावण २०७९, आईतवार ११:२६