२६ बैशाख २०८१, बुधबार | Thu May 9 2024

धनुषामा भारतीय सवारीले ठक्कर दिँदा एकको मृत्यु


१ साउन, धनुषा । भारतीय सवारीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । शनिबार राति ९ बजे ढल्केवर–जनकपुर सडकखण्ड अन्तर्गत बसही पुल नजिक भारतीय कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो ।

भारतीय सवारीले ठक्कर दिएपछि घाइते भएका मिथिला नगरपालिका–१ ढल्केवरका ३६ वर्षीय शिवलाल यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले जानकारी दिए । उनका अनुसार जनकपुरबाट ढल्केवरतर्फ आउँदै गरेको ज९प ९४३५ नम्बरको मोटरसाईललाई बिआर ०१ जेए ९७७० नम्बरको भारतीय कारले ठक्कर दिएको थियो ।

प्रकाशित मिति : १ श्रावण २०७९, आईतवार १०:०२