२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

राससको सेवा थप प्रभावकारी बनाउन श्रव्य दृश्य सेवा: अध्यक्ष झा


१ साउन, काठमाडाैँ । राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससका सेवालाई थप प्रभावकारी बनाई सेवामा विविधिकरण गर्ने सन्दर्भमा श्रव्य दृश्य (भिडियो) सेवा सुरु गरिएको बताएका छन ।

राससले आजदेखि सुरु गर्न लागेको श्रव्य दृश्य (भिडियो) सेवाका लागि शुभकामना सन्देशमा अध्यक्ष झाले भनेका छन, “हाम्रा सेवाहरू देशभित्र र देश बाहिरका सञ्चारमाध्यमले समेत उपयोग गर्दै आइरहेका छन्, समय र प्रविधिको विकासँगै हामीले हाम्रा सेवाहरूलाई पनि परिस्कृत गर्दै लैजानुपर्छ, राससको स्थापनाको छ दशकपछि भिडियो सेवा सुरु गर्दैछौँ, सबैको सुझाव र सहयोगको अपेक्षा राखेका छौँ ।”

उनले विश्वका समाचार एजेन्सीहरूसँग राससले पनि सँगसँगै हिँड्नुपर्ने आजको आवश्यकता रहेको बताउँदै रासस नेपालको मात्रै नभई विश्वका समाचार संस्थासँग पनि सहकार्य गर्दै आएको जानकारी दिए । “राससलाई जनताको सूचनाको संवाहक बनाउन आम दर्शक, स्रोताको महत्वपूर्ण भूमिका हुनेछ भन्ने विश्वास पनि व्यक्त गर्न चाहन्छु”, अध्यक्ष झाले भनेका छन ।

प्रकाशित मिति : १ श्रावण २०७९, आईतवार ०९:५३