२७ बैशाख २०८१, बिहीबार | Thu May 9 2024

आज पहाडी क्षेत्रमा वर्षाको सम्भावना


१ साउन, काठमाडाैँ । आइतबार बिहान प्रदेश १, बागमती र गण्डकीमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहने आकलन गरिएको छ । पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । राति प्रदेश १, बागमती र गण्डकीका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : १ श्रावण २०७९, आईतवार ०८:३०