८ जेष्ठ २०८३, शुक्रबार | Sat May 23 2026

नेपाल स्काउटद्वारा वृक्षारोपण

३२ असार, भक्तपुर । नेपाल स्काउट बागमती प्रदेश स्थानीय स्काउट तदर्थ समिति चाँगुनारायण नगरपालिकाको आयोजनामा फैढोका आधारभूत विद्यालयको प्राङ्गणमा शनिबार बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीको प्रमुख अतिथित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा विभिन्न जातका करिब दुई सय बिरुवाहरू लगाइयो ।

कार्यक्रममा विभिन्न स्काउट पदाधिकारी, स्काउट शिक्षक, चाँगुनारायण नपा स्थानीय शिक्षा अधिकृत, वडाध्यक्षहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू, प्रधानाध्यापकहरू, स्काउट सल्लाहकारद्वय भक्त राजभण्डारी, प्रदेश तालिम प्रमुख अच्युत प्रजापति, स्काउट शिक्षक दधिराम गेलाल, लायन्स क्लब अफ न्यातपोलका अध्यक्ष राजेन्द्रभूषण खयरगोली तथा सदस्यहरू, स्थानीय बुद्धिजीवी, समाजसेवीहरू र एभरेस्ट स्कुलका स्काउटहरूको सहभागिता रहेको थियो । उक्त कार्यक्रम स्काउट स्थानीय संयोजन उमेशप्रसाद सिंहको सभापतित्वमा भएको थियो ।

प्रकाशित मिति : July 16, 2022 at 6:25 pm