२२ बैशाख २०८१, शनिबार | Sun May 5 2024

फुटबलर एन्जिलालाई लिनिङको साथ


३१ असार, काठमाडाैं । नेपाल राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बालाई खेल पोसाक बिक्री कम्पनी लि निङले दुई वर्षका लागि ब्रान्ड एम्बेस्डर घोषणा गरेको छ ।

ललितपुरको एक रेस्टुरेन्टमामा भएको सम्झौतामा लि निङले दुई वर्षको लागि गोलरक्षक एन्जिलासँग जोडेको हो । सम्झौतामा एपीएफ फुटबल क्लबकी गोलरक्षक समेत रहेकी एन्जिला र लि निङका सिईओ राज महर्जनले हस्ताक्षर गरे ।

सम्झौतासँगै एन्जिलाले पहिलो वर्ष ट्रयाक सेट पाँच थान, टिसर्ट पाँच थान , जुत्ता पाँच थान र मोजा पाँच थान प्राप्त गर्नेछिन् । एन्जिलाले यस अवसरमा आफू खुसी भएको र यो सहयोगले झनै खेल्न हौसला हुने बताइन् ।

‘अवसर पाउँदा खुसी छु । सहयोग पाउँदा धेरै सहज हुन्छ । मलाई मात्रै हैन अन्य खेलाडीलाई समेत सहयोग गर्दिनु होला । अन्य कम्पनीले पनि अन्य खेलाडीलाई साथ दिनेछन् भन्ने आशा गरेको छु,’ एन्जिलाले भनिन् ।

कार्यक्रममा अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य सरिला श्रेष्ठ, पूर्व उपाध्यक्ष उपेन्द्रमान सिंह, एन्फा महिला विभाग प्रमुख हरि खड्का लगायतको उपस्थित थियो ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार १८:०२