२५ बैशाख २०८१, मंगलवार | Tue May 7 2024

महिला युरो: स्पेनलाई हराउदै जर्मनी क्वाटरफाइनलमा


२९ असार, काठमाडाैँ । बलियो स्पेनलाई २-० अन्तरले पराजित गर्दै जर्मनी मंगलबार राति महिला युरोपियन च्याम्पियनसिप २०२२ को क्वार्टरफाइनलमा स्थान बनाएको छ । जर्मनीको जितमा क्लारा र पोपले समान एक गोल गरेका थिए । समूह ‘बी’ मा दुई खेलमा शतप्रतिशत जित सहित ६ अंक जोडेको जर्मनी शीर्ष स्थानमा छ ।

समान खेलमा समान तीन अंक जोडेका स्पेन र डेनमार्क क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । फिनल्यान्डले भने दुई खेलमा अंक खाता खोल्न सकेको छैन । जर्मनी एक खेल अगावै क्वार्टरफाइल प्रवेश गर्यो । स्पेन र डेनमार्कबीचको खेलले यस समूहबाट क्वार्टरफाइनल प्रवेश गर्ने दोस्रो टोलीको टुङगो लगाउनेछ ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार ०९:५७