२५ बैशाख २०८१, मंगलवार | Wed May 8 2024

एन्जल्स एसइइ कप फुटसल भोलिदेखि


२७ असार, काठमाडाैँ । एन्जल्स हार्ट कलेजको आयोजनामा प्रथम एन्जल्स एसइइ कप छात्र फुटसल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ ।

प्रतियोगितामा ३० टिमको सहभागिता रहने एन्जल्स हार्ट एडुकेसन फाउन्डेसनका अध्यक्ष लिलबहादुर पुनले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । पुनले क्रिकेट, भलिबल, बास्केटबल र एथलेटिक्स प्रतियोगिता आयोजना गर्दै आएकोमा एन्जल्स हार्टले पहिलोपटक फुटसल आयोजना गर्न लागेको बताए ।

लिग कम नकआउट आधारमा हुने प्रतियोगिताका विजेताले ३० हजार र उपविजेताले २० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । साथै एन्जल्समा प्लस टु अध्ययन गर्न चाहेमा पहिलो हुनेलाई १०० प्रतिशत, दोस्राेलाई ७५ प्रतिशत र सहभागीलाई ३५ प्रतिशत छात्रवृत्ति पनि प्रदान गरिने प्रिन्सिपल धनबहादुर पुनले जनाए ।

चारदिने प्रतियोगिताका खेलहरू मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीको ए वान फुटसलमा हुनेछ । ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार १५:४९