९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

वायु सेवा निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई निलम्बन नगर्न सर्वोच्चको आदेश

२३ असार, काठमाडौं । नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

दिपुराज ज्वारचनलाई निगमको महाप्रबन्धकको रूपमा कामकाज गर्न रोक लगाउँदै सर्वोच्चले अधिकारीलाई निगमको कार्यकारी अध्यक्षमा निरन्तरता दिन अल्पकालीन आदेश गरेको हो ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले नेपाल वायुसेवा निगम ऐन, २०१९ मा निगमको कार्यकारी अध्यक्षलाई निलम्बन गर्ने व्यवस्था नभएको भन्दै अन्तरिम आदेश दिएको हो ।

११ कात्तिक २०७९ मा सरकारले अधिकारीलाई चार वर्षका लागि कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियाे । सर्वोच्चले उनीमाथि छानबिन गर्नुपर्ने भए निलम्बन नगरी पनि छानबिन गर्न सकिने भन्दै निलम्बनको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।

यो आदेश असार २८ गतेसम्मका लागि हो । सर्वोच्च अदालतले उक्त दिन दुवै पक्षलाई छलफलका लागि झिकाएको छ । सोही दिनको छलफलपछि यो आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने निर्णय हुने छ ।

प्रकाशित मिति : July 7, 2022 at 6:50 pm