९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

तेल किन्न भारत गएका सचिन तुइनबाट खसेर महाकालीमा बेपत्ता

२२ असार, दार्चुला । ब्यास गाउँपालिका– २ दुम्लिङस्थित गोठाल घाटमा तुइन तर्ने क्रममा सोही वडाका १८ वर्षीय सचिन बुढाथोकी बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार भारतकाे उत्तराखण्डको धारचुला तहसिल अन्तर्गत गर्वाधार बजारबाट खाने तेल किनेर घर फर्कने क्रममा तुइन टुट्दा उनि महाकालीमा बेपत्ता भएका हुन् । बेपत्ता भएका सचिनकाे प्रहरीले खाेजी गरिरहेकाे जनाएकाे छ ।

गत वर्ष दार्चुलाकै सीमा क्षेत्रस्थित महाकाली नदीको तुइन भारतीय सुरक्षाकर्मीले काटिदिँदा एक नेपाली नागरिक बेपत्ता भएका थिए ।

प्रकाशित मिति : July 6, 2022 at 6:44 pm