१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

देखेकै छैन मैले उनलाई, भेट्मला कुन बेला ?

–रूपा भण्डारी 

टिलपिल टिलपिल अाखाँबाट छल्किन्छन ती
साउने भेलमा उर्लेर झर्ने खहरे खाला सरि
सम्झन्छु दिनहरु, सारा सपना टुट्छन
त्याे झुन्डिएको ऐना, ढुङ्गामा झरे जसरी ।।

हेर्छु अाकाश त्याे बादल पनि अन्धकारमय
छितिजमा मन धमिलाे बनाई, देखाई रुन्चे हासाे
बिहानी किरण जब अाफ्नाे रुप बदलि अन्धकार हुदैछ
लाग्याे याे यात्रा सङ्गै, अबस्य एक दिन, त्याे भेट हुनेछ ।।

सारा दुःख र पीडा भुली उन्काे हासाे सम्झे फेरि
लिन्छु विश्वास अाउला समय, कुनै एक फेर त मेराेनि
जब अाफ्नाे घर, मायाकाे बिछाेडमा त्याे रात अधेराे
सम्झिए, फेरि हेरे अाकाश, देखिन केही उज्यालाे ।।

जब हेरे, देखिन फेरि त्याे अाकाशमा फाटेकाे बादल
तब लाग्याे मलाई, एक्लाे यात्रामा छाेडि गएछ निर्दयी
लाग्छ जब त्याे दिन अाउनेछ फेरि म भेटाउछु जसरी
कि उस्ले वास्ता नगर्ने हाे कि सङ्कास्पद जसरी ।।

छितिज भन्दा माथि जाउँ, लाग्थ्याे बेलाबेला
देखेकै छैन मैले उनलाई, भेट्मला कुन बेला ?
सम्झन्छु उन्लाई कल्पनामानै भए पनि
छैन काेहि त्यस्ताे, बाबा अामा भएपनि लाग्छ उनै मराे ।

प्रकाशित मिति : August 31, 2018 at 6:48 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/