२७ असार २०८३, शनिबार | Sat Jul 11 2026

घरको भान्सामा आत्मदाहको प्रयास गरेका व्यवसायी अश्विन राउतको निधन

२७ असार, काठमाडौँ । व्यवसायी अश्विन राउतको निधन भएको छ । काठमाडौँको बुद्धनगरमा रहेको आफ्नै घरमा शनिबार बिहान आत्मदाहको प्रयास गरेका राउतको वीर अस्पतालमा उपचारका क्रममा अपरान्ह निधन भएको हो ।

व्यवसायी राउतले शनिबार बिहान भान्सामा गएर आफ्नो शरीरमा आगो लगाएका थिए । ​घटनापछि उनलाई गम्भीर अवस्थामा वीर अस्पताल पुर्‍याइएको थियो । उनको शरीर ५५ प्रतिशत जलेको र उपचारका क्रममा केही समयअघि निधन भएको प्रहरीले जनाएको छ ।

राउतले सुपर वायर एण्ड स्टिल इन्डस्ट्रियल प्रालि र दिब्यश्री ट्रेड कन्सर्न प्रालि सञ्चालन गर्दै आएका थिए । पछिल्लो समय व्यवहारमा समस्या उत्पन्न भएपछि उनी अलि तनावमा रहेको परिवारले जनाएको छ । राउत क्षेत्री सेवा समाजका अध्यक्ष समेत हुन् ।

प्रकाशित मिति : July 11, 2026 at 5:20 pm