सुकुम्बासीलाई भड्काएको आरोपमा भूमी आयोगका पूर्वउपाध्यक्ष खड्का प्रहरी हिरासतमा
२७ असार, काठमाडौँ । सुकुम्बासीलाई भड्काएको आरोपमा भूमी आयोगका पूर्वउपाध्यक्ष नहेन्द्र खड्का प्रहरी हिरासतमा पुगेका छन । शनिबार बिहान प्रहरीले खड्कालाई कीर्तिपुरबाट पक्राउ गरेको हो ।

खड्का प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीका नेता समेत हुन । खड्काले सुकुम्बासीलाई भड्काएको आरोप प्रहरीले लगाएको छ । उनी कीर्तिपुरको होल्डिङ सेन्टरबाटै पक्राउ परेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : July 11, 2026 at 5:32 pm





