९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

अस्ट्रेलियामा बाढीः सिड्नीका ५० हजार जनालाई घर छाड्न भनियो

२१ असार, काठमाडाैं । अष्ट्रेलियाको सबैभन्दा ठूलो सहरमा आएको बाढीपछि करिब ५० हजार मानिसहरूलाई आफ्नो घर छाड्न आग्रह गरिएको छ । यस वर्ष तेस्रो पटक आएको बाढीपछि सिड्नीका बासिन्दालाई घर खाली गर्न भनिएको हो । पछिल्लो चार दिनमा सिड्नीका केही भागमा करिब ८ महिनाको वर्षा भएको जनाइएको छ ।

वर्षाका कारण सडक अवरुद्ध भएको छ, केही घरहरू पानीमा डुबेका छन् भने हजारौं मानिस विद्युतविहीन बनेका छन् । यो वर्ष अस्ट्रेलियामा बाढीका कारण २० जनाको मृत्यु भइसकेको छ । तीमध्ये अधिकांश न्यु साउद वेल्स (एनएसडब्लू) का छन् ।

प्रकाशित मिति : July 5, 2022 at 1:56 pm