२५ बैशाख २०८१, मंगलवार | Wed May 8 2024

मौसम प्रतिकुलताका कारण एक वर्षका लागि सर्यो अफ्रिका कप अफ नेसन्स


२० असार, काठमाडाैँ । आइभोरी कोस्टमा तय भएको अफ्रिका कप अफ नेसन्स एक वर्षलाई सरेको छ । अफ्रिकन फुटबल कन्फेडेरेसन (क्याफ) ले मौसमलाई मध्यनजर गर्दै प्रतियोगिता सार्न बाध्य भएको जनाएको छ । प्रतियोगिता सन् २०२३ को जुन जुलाइमा हुने तय थियो । तर, यो समयमा अत्याधिक मौसम हुने भएसंगै क्याफले सन् २०२४ को जनवरी फ्रेब्रुवरीमा गर्ने जनाएको छ । यसै वर्ष भएको अफ्रिका कपको उपाधी इजिप्टलाई हराउदै सेनेगलले जितेको थियो ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार ०९:११