एसिया कप क्रिकेटमा नेपालकाे लगातार दोस्रो पराजय, छनाैटको सम्भावना न्यून
१४ भदाै, काठमाडाैँ । एसिया कप छनाैट क्रिकेटमा नेपालले लगातार दोस्रो पराजय व्यहोरेको छ । यो पराजयसँगै एसिया कप खेल्ने नेपालको सम्भावना क्षीण भएको छ। छनोटका दुई खेलमा लगातार पराजित भएपछि नेपालको सम्भावना लगभग सकिएको हो।
बिहीबार नेपाल यूएइसँग ७८ रनले पराजित भयो । बुधबार नेपाल ओमानसँग ७ विकेटले पराजित भएको थियो । बिहीबारको खेलमा टस जितेर बलिङ रोजेको नेपालले २ सय ५५ रनको लक्ष्य पाएको थियो। तर, नेपाल १ सय ७६ रनमै अलआउट हुन पुग्याे।

अब एसिया कप छनोटका लागि नेपाल अन्य देशको खेलमा भर पर्नुपर्ने हुन्छ। अबको अवस्थामा प्रतियोगितामा बाँकी तीनै वटा खेल खेलेर नेपाल दोस्रो भयो भने फाइनलमा समेत जितेर एसिया कपमा पुग्न सक्छ।
प्रकाशित मिति : August 30, 2018 at 3:17 pm









