सरकारलार्इ काम गर्न दिनुपर्छः अध्यक्ष थापा
१४ भदाै, विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारलार्इ काम गर्ने माैका दिनुपर्ने बताएका छन् ।विराटनगरमा अाज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकार गठन भएको ६ महिना मात्र भएकाले अहिले नै मूल्याङ्कन गर्ने बेला नभएको स्पष्ट पारे।

अध्यक्ष थापाले मुलुकको समस्या समाधानका लागि सबै राजनीतिक दलको सहमति लिएर सहकार्य गर्नु उपयुक्त हुने विचार व्यक्त गरे ।अध्यक्ष थापाले सनातन हिन्दू राष्ट्र, लोकतन्त्रसहितको राजसंस्थालगायतका विषय सहमतिका आधारमा टुङ्ग्याउनुपर्नेमा जोड दिए।
प्रकाशित मिति : August 30, 2018 at 2:34 pm







