१ असार २०८१, शनिबार | Sun Jun 16 2024

प्रचण्ड राज्यकोषबाट बनेको पुत्रको शालिक उद्घाटनमा, पूर्व लडाकुको उपचार नपाउँदा सडकमै मृत्यु


१८ असार, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्र स्वर्गीय प्रकाशको राज्यकोषबाट बनेको शालिक उद्घाटनमा माला लगाएर रमाइरहँदा ठीक त्यही समयमा एक जना पूर्व लडाकुले उपचार नपाएर सडकमै ज्यान गुमाएका छन ।

जनयुद्धका नाममा भएको सशस्त्रद्धन्द्धको समयमा विभिन्न प्रलोभन र दबादमा परेर युद्धको मोर्चामा अग्रभागमा रहेर लडेका लडाकूहरू अहिले पनि धेरै सडकमै छन । तर प्रचण्डका आफन्त र शान्ति प्रकियापछि प्रचण्डको संगतमा पुगेका सयौँ मानिस करोडपति बनिसकेका छन ।

तीनै जनयुद्धका घाइते र अपाङ्गको नाम बेचेर स्वयं प्रचण्ड दुई पटक र डा बाबुराम भट्टराई एक पटक देशको प्रधानमन्त्री बने । तर जनयुद्धका घाइते पूर्व लडाकु कालिकोटको तिलागुफा गाउँपालिका स्थायी घर भएका नमराज न्यौपाने ‘सेवक’ को काठमाडौंको सडक पेटीमै ज्यान गुमाउन विवश भए । उनले उपचार समेत पाउन सकेनन् ।

नवराजको शरीरमा गोलीका छर्रा अझै थिए तर लामो समयसम्म उपचार नपाएर घाउहरु बल्झिएका उनी अकालमै ज्यान गुमाउन पुगे । पटक पटक सत्ता साझेदारी गरेर विभिन्न मन्त्रालय पनि माओवादीले चलायो तर सत्तामा हुँदा कहिल्यै पनि युद्ध लडेका वास्तविक लडाकुले न राहत पाए न त माओवादीले उनीहरूलाइ सम्झिए ।

प्रचण्डले शुक्रबारमात्रै नुवाकोटको ककनीमा राज्य कोषको दुरूपयोग गरेर नेपाल पर्वतारोहण संघ (एनएमए)ले बनाएको पुत्रको शालिक अनावरण गरेका थिए । स्कुले विद्यार्थी र झण्डै ५० को हाराहारीमा रहेका माओवादी कार्यकर्ताकोबीचमा गलाभरी माला लगाएका प्रचण्डले पुत्रको शालिक अनावरण गरेका थिए । उनीमाथि पछिल्लो समय परिवार र आफन्तका लागि राज्यकोषको दुरूपयोग गरेको आरोप लागिरहेको छ ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार २३:००