२३ बैशाख २०८१, आईतवार | Sun May 5 2024

विम्बल्डन टेनिस: नाडाल तेस्रो चरणमा


१७ असार, काठमाडाैँ । लिथुनियाका रिकार्डस बेरान्किसलाई ३-१ को सेटमा हराउँदै स्पेनिस टेनिस स्टार राफायल नाडाल विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् ।

बिहीबार राति सेन्टर कोर्टमा दोस्रो वरीयताका नाडालले रिकार्डसमाथि ६-४,६-४,४-६, ६-३ को जित निकाले । ३६ वर्षीय नाडालको यो ३०७ औं ग्रान्डस्लाम खेलको जित हो । कीर्तिमानी २२ औं पटकको ग्रान्डस्लाम विजेता नाडालले दुई पटक विम्बल्डनको उपाधि जितेका छन् ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार १०:२५