१२ जेष्ठ २०८१, शनिबार | Sat May 25 2024

कांग्रेस उपसभापति धनराज गुरुङ ठूलो दुर्घटनाबाट हुनबाट जोगिए


१६ असार, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ ठूलो दुर्घटना हुनबाट जोगिएका छन् ।  गुरुङ सवार बा १९ च १८३९ नम्बरको बोलेरो गाडी रामेछापको गोगनेमा सडक किनारबाट थोरै तल झरेको छ । गुररूङले अगाडि ढुंगाको ओट लागेकाले ठूलो दुर्घटनाबाट जोगिएको  र आफू सकुशल रहेको जानकारी दिएका छन् ।

बिहिबार विहान उनले ट्वीटरमा गाडीको फोटो राख्दै लेखेका छन्, ‘ठूलो घटना हुनबाट जोगियो ! रामेछाप गोगनेमा हामी चढेको गाडी अचानक सडक किनारबाट तल गयो तर अगाडि ढुंगाको ओट लाग्न पुगेकाले ठूलो घटना हुनबाट जोगियो । भगवानको कृपाले हामी सबै सकुशल छौं ।’

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार ०९:३४