९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

चट्याङ लागेर बागलुङमा एक महिलाको मृत्यु

१५ असार, बागलुङ  चट्याङ लागेर बागलुङको काठेखोला गाउँपालिका-४ मा एक महिलाको मृत्यु भएको छ । तंग्रामको फापरखेत घर भएकी २८ वर्षीया शुष्मा पुनको मंगलबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरमा खाना बनाइरहेको अवस्थामा चट्याङ लागेको र गम्भीर घाइते भएकी पुनलाई उपचारका लागि धौलागिरि अस्पताल बागलुङ पुर्‍याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : June 29, 2022 at 7:11 pm