१२ जेष्ठ २०८१, शनिबार | Sun May 26 2024

करेन्ट लागेर दुई जनाका मृत्यु


१५ असार, काठमाडौं । सिरहा र रुपन्देहीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । सिरहाको धनगढीमाई नगरपालिका–१० नुक्तन फुड प्रोडक्ट चाउमिन फ्याक्ट्रीमा १८ वर्षीय मन्जित धोवीको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ ।

फ्याक्ट्रीको फलामको ढोका खोल्ने क्रममा ढोकामा लत्रेको नाङ्गो तारबाट करेन्ट लागेर अशक्त भएका उनको उपचारको लागि सप्तऋषि अस्पताल लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

रुपन्देहीको शुद्धोधन गाउँपालिका–७ खुनीगाउँ बस्ने २८ वर्षीया भानुमती कोहारको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ । आफ्नै घरको अगाडि डोरीमा कपडा सुकाउने क्रममा कपडाले नजिकै रहेको बिजुलीको तार छुन गई करेन्ट लागेर असक्त भएकी उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार १८:२३