५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

ख्वप कलेजका विद्यार्थी गरे रक्तदान


१५ असार, भक्तपुर । भक्तपुरको ख्वप कलेजका विद्यार्थीले बुधबार रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखा र ख्वप कलेजको सहकार्यमा भएको रक्तदान कार्यक्रममा शिक्षक शिक्षिकासहित विद्यार्थीले रक्तदान गरेका हुन् । कलेजकै प्राङ्गणमा भएको कार्यक्रममा शिक्षक शिक्षिकालगायत ३२ जनाले रक्तदान गरेका छन् । कलेजमा वर्षेनी रक्तदान कार्यक्रम सञ्चालन हुँदै आएको बीए इन्चार्ज कमिनिका न्याईच्याईले जानकारी दिए ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार १३:५७