गर्मीमा गर्भपतनको सम्भावना उच्चः अध्ययन
१५ असार, काठमाडाैं । गर्भवती महिलामा गर्मीको समयमा गर्भपातको सम्भावना बढी हुने एउटा नयाँ अध्ययनले देखाएको छ । ८ वर्ष लामो अध्ययनमा परियोजनका अनुसन्धानकर्ताहरूले अमेरिकाका ६ हजार महिलाको गर्भावस्थाबारे ट्र्याक गरेका थिए । गर्भपतन दर उत्तरी गोलार्धमा परम्परागत गर्मी महिना–जुन, जुलाई र अगस्टमा उच्च देखिएको अध्ययन विश्लेषणमा देखिएको छ ।
सबैभन्दा बढी गर्भपतन दर अगस्टमा भएको थियो । फेव्रुवरीको तुलनामा अगस्टमा गर्भपतन दर ४४ प्रतिशत बढी थियो । आठ साताअघिको (जतिबेला भ्रूणको आकार रास्पबेरी जत्रो हुन्छ ) गर्भपतनको सम्भावना बढ्दो रहेको थियो । विशेषज्ञहरूले न्यानो मौसममा अत्यधिक गर्मी वा जीवनशैली गर्भपतनको कारक रहेको विज्ञहरू बताउँछन् ।
त्यस्तै, गर्भावस्थाको कुनै पनि हप्तामा गर्भपातको जोखिम फेब्रुवरीको अन्त्यको तुलनामा अगस्टको अन्त्यमा ३१ प्रतिशत बढी रहेको अध्ययनले देखाएको छ । बोस्टन युनिभर्सिटीका अध्ययन लेखक डा. अमेलिया वेसेलिंकले भनिन्, जब तपाईंले परिणाममा मौसमी भिन्नता देख्नुहुन्छ, यसले तपाईंलाई परिणामको कारणहरूको बारेमा संकेत दिन सक्छ । बोस्टन युनिभर्सिटीका अध्ययन लेखक डा. अमेलिया वेसेलिंकले भनिन, ‘कुनै पनि समय तपाईंले परिणाममा मौसमी भिन्नता देख्नुहुन्छ ।’
उनले अगाडि थपिन, ‘हामीले गर्भपातको जोखिम विशेष गरी आठ साताअघि गर्भपतन हुने ‘प्रारम्भिक’ गर्भपतनको जोखिम गर्मीमा सबैभन्दा बढी भएको भेट्टायौँ । ’ उनका अनुसार तातो गर्भधारणपछि देखिने अन्य परिणाम जस्तै पूर्व प्रसव, कम तौल, र मृत जन्मसँग सम्बन्धित छ । अध्ययन इपिडेमियोलोजी जर्नलमा प्रकाशित छ ।
प्रकाशित मिति : June 29, 2022 at 12:26 pm









