युवाहरु उद्यमशिल बन्नुपर्छ: अध्यक्ष मानन्धर
१३ असार, भक्तपुर । भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले युवाहरु चुप लागेर नबसी उद्यमशिल हुनुपर्नेमा जोड दिएका छन् । लियो क्लब अफ सूर्यविनायक भक्तपुरको ३२ औ वार्षिक साधारणसभाको उदघाटन गर्दै अध्यक्ष मानन्धरले युवाहरु आर्थिक विकासको आधार भएकोले युवाहरु चुुुप लागेर बस्न नहुने बताए । उनले युवाहरुमा ब्यापारव्यवसायको महत्वबारेमा पनि चर्चा गरे ।
साधारणसभाले आउँंदो लायन्स वर्षको लागि रोहित मानन्धरको अध्यक्षतामा नयाँं कार्यसमिति चयन गरेको छ । कार्यक्रममा नेपाल मानब अधिकार संगठन भक्तपुरका सभापति रामकृष्ण मानन्धर, लायन्स क्लव अफ भक्तपुरका सचिव कृतन अवाल, कार्यक्रमका सभापति एवं लियो क्लव अफ भक्तपुर सूर्यविनायकका अध्यक्ष असिम बेन्जूलगायतले समाजको विकासमा लायन्य लियोहरुको भूमिकाबारे चर्चा गरे ।

प्रकाशित मिति : June 27, 2022 at 7:57 pm









