९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

खार्पुनाथका विद्यार्थीमा देखियो ठेउलाको लक्षण

१३ असार, हुम्ला । खार्पुनाथ गाउँपालिका–३ मा रहेको हुम्ला मावि रायाका विद्यार्थीमा ठेउलाको लक्षणसँग मिल्नेजुल्दो रोगको लक्षण देखिएको छ । एक सातादेखि ठेउलासँग मिल्दो जुल्दो रोगका विरामीहरुको संख्यामा बढ्न थालेको रायाबाट स्थानीय सूर्य बुढाले जानकारी दिए । राया गाउँमा करीब एक सातादेखि बालबालिकालाई उक्त रोगले ग्रस्त बनाएको छ । गाउँमा तीन वर्षदेखि माथि १६ वर्षसम्मका करीब २२ जना बालबालिकालाई उक्त ठेउलासँग मिल्ने रोगले समस्या पार्दै आएको स्थानीय बुढाले बताए ।

हुम्ला मावि रायामा पठनपाठन गर्ने विद्यार्थीहरुलाई उक्त रोगले छोएको बताइएको छ । गाउँमा सो रोग फैलदै जान थालेपछि उपचार गर्न खोज्दा पनि स्वास्थ्य संस्थामा उक्त रोगको औषधि नभेटिने गरेको बुढाले गुनासो गरे ।

बालबालिकाको शरीरमा फोका उठ्ने, पाक्ने जस्ता लक्षणहरु देखा परेको बुढाले रायाबाट जानकारी दिए । जस्तो सुकैको व्यक्तिहरुलाई पनि संक्रमण हुन सक्ने एक खालको सरुवा रोग भएको राया स्वास्थ्य चौकीका स्वास्थ्य इन्चार्ज विरसिंह रावलले जानकारी दिए राया गाउँमा यतिखेर उक्त रोगका बिरामीको संख्यामा वृद्धि हुँदै गएको इन्चार्ज रावलले बताए ।

उनले भने ,’उक्त रोग बढ्न नदिनका लागि पहिलेत सम्वन्धित व्यक्ति नै सजक रहन आग्रह गरे। सँगै सुत्ने खाने जस्ता कार्य गर्नु नहुने उनले बताए। हाल स्वाथ्य चौकीमा आएका बिरामीहरुलाई उक्त रोगबाट केही कम गराउनका लागि आफूले इन्टिबायोटिक औषधि दिएर पठाउने गरेको रावलले बताए ।

अहिले पछिललो समयमा हुम्ला माबि रायाका विद्यार्थीको घाँटीभित्र पनि खटिरा देखिएका कारण खानपिन गर्न नसकिने अवस्था आएको र ठेउलाको लक्षणसँग मिल्नेजुल्दो रोग देखिएका विद्यार्थीलाई बिधालयमा आउन प्रतिबन्ध लगाइएको हुम्ला माबि बिधालयका प्रधान ध्यापक बिबी रावतले बताए ।

तर सो रोगलाई पूरै नियन्त्रणमा लिने औषधि भने स्वास्थ्य संस्थामा नभएको प्रतिकृया दिएका छन्नु ।एक पटक लागे पछि सो रोग पुनः त्यो व्यक्तिलाई संक्रमण नहुने समेत स्वास्थ्य कर्मी रावलले जानकारी दिए ।

प्रकाशित मिति : June 27, 2022 at 7:52 pm