२३ बैशाख २०८१, आईतवार | Mon May 6 2024

नागरिकता लगाएतका बिधेयकहरु संसद्को चालु अधिवेशनबाट पारित गरिनुपर्छः सभामुख


१२ असार, काठमाडैं । सभामुख अग्नि सापकोटाले नागरिकता लगाएतका महत्वपूर्ण बिधेयकहरु संसद्को चालु अधिवेशनबाट पारित गर्नुपर्ने बताएका छन् ।

आइतबार संसदीय मामिला पत्रकार समाजले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभामुख सापकोटाले नागरिकता विधेयक अड्किएका कारण धेरै गुनासो आएको भन्दै नागरिकता लगाएतका प्रतिस्थापन विधेयक चालु अधिवेशनबाट पास गर्नुपर्ने बताएका हुन् ।

उनले गुणस्तरीय कानुन बनाउनु मुख्य दायित्व भएको र देशको सुशासन कायम गर्ने कानुन निर्माण गर्ने बाहेक कुनै स्वार्थ नरहेको धारणा राखे ।

भ्रष्टाचार भनेको कुनै बजेट र आर्थिकसंग मात्रै सम्बन्धीत कुरा मात्रै नभएको भन्दै उनले सुशासन कायम गर्दै सवै क्षेत्रमा हुने भ्रष्टचार नियन्त्रण गर्नुपर्ने जिकिर गरे ।  कार्यक्रममा सभामुख सापकोटाले संसदीय समिति अभ्यास, पहिलो संसददेखि संघीय संसदसम्म पुस्तक बिमोचन गरेका थिए ।

प्रकाशित मिति : १२ असार २०७९, आईतवार १३:३४