२३ बैशाख २०८१, आईतवार | Mon May 6 2024

१२ असार, काठमाडाैँ । नेपाल सरकारले पेट्रोलिय पदार्थमा लगाएको कर कोटाैती गरेर मूलय घटाएसँगै अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा पनि घटाएको छ । शनिबार रातिबाट पेट्रोलियम पदार्थको मूल्य घटेपछि सरकारले अाइतबार सार्वजनिक सवारीको भाडा घटाउने निर्णय गरेको हो ।

यातायात व्यवस्था विभागको निर्णय अनुसार यात्रुबाहक सवारीको भाडा ५।४१, पहाडी बाटोमा चल्ने मालबाहक सवारीको ६।९७ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीको भाडा ७।६८ प्रतिशतले घटेको छ । विभागले घटेको भाडा आजैदेखि लागूहुने जनाएकोछ ।

प्रकाशित मिति : १२ असार २०७९, आईतवार १२:००