९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

शोभाको शोकमा अध्यक्ष नेपालद्वारा श्रद्धाञ्जली व्यक्त

९ असार, काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा क्रियाशील शोभा प्रधानको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन ।

उनले आज जारी गरेकाे शोक सन्देशमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँको धर्मपत्नी प्रधानको निधनले कम्युनिष्ट आन्दोलनमा मात्र नभएर सामाजिक रुपान्तरणमा पनि एक सशक्त अगुवाको अन्त्य भई मुलुकलाई ठूलो क्षति पुगेको बताएका छन ।

अध्यक्ष नेपालले पार्टीका तर्फबाट शोकसन्तप्त परिवारजनमा समवेदनासमेत प्रकट गरेका छन । अर्बुद रोगका कारण प्रधानको ६२ वर्षका उमेरमा हरिसिद्धी अस्पतालमा उपचारका क्रममा आज निधन भएको थियो ।

प्रकाशित मिति : June 23, 2022 at 7:35 pm