सञ्चारकर्मीलाई पत्रकारिता तालिम
९ असार, लमजुङ । गण्डकी प्रदेश सरकार, कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रालयकाे सहयोग तथा नेपाल पत्रकार महासंघ लमजुङ शाखाको समन्वयमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशले लमजुङका सञ्चारकर्मीलाई पाँच दिने आधारभुत पत्रकारिता तालिम आयोजना गरेको हो ।
प्रमुख जिल्ला अधिकारी सुशील वैद्यको प्रमुख अतिथ्यता एवं पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्ष परमेश्वर अधिकारीको अध्यक्षता औपचारिक कार्यक्रम गरी विहीबार तालिम सुरु भएको हो । पाँच दिनसम्म सञ्चालन हुने तालिममा पत्रकारको क्षमता विकास, पत्रकारिताको मापदण्ड, पत्रकार आचारसंहितासँगै नयाँ मिडिया र चुनौती जस्ता विषयमा प्रशिक्षण हुनेछ ।
प्रकाशित मिति : June 23, 2022 at 12:16 pm









