९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

कास्कीको धम्पुस केन्द्र भएर भूकम्पको धक्का

९ असार, कास्की । गण्डकी प्रदेशको राजधानी पोखरालगायत यस आसपासका क्षेत्रमा आज बिहानै भूकम्पको धक्का महसुुस भएको छ । बिहान ३ बजेर ५६ मिनेट जाँदा कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ धम्पुस केन्द्रबिन्दु भएर चार दशमलव नौ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का कास्कीसहित यस आसपासका बागलुङ, पर्वत, म्यादी र तनहुँसम्म महसुस गरिएको स्थानीयवासीले बताएका छन् । धम्पुसका वडाध्यक्ष वैकुण्ठ भण्डारीले ठूलो धक्का दिए पनि बिहानसम्म क्षतिको कुनै विवरण प्राप्त नभएको जानकारी दिए ।

प्रकाशित मिति : June 23, 2022 at 9:54 am